एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।
काठमाडौँ– अविरल वर्षाका कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्।
समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो। तर, वर्षा नरोकिएपछि खेल हुन सकेन।
साढे १० बजे पानी रोकिएपछि मैदानमा ढाकिएको पिचको कभर हटाइएर आउट फिल्ड सुपर सापरले सुकाइएको थियो। तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच फेरी कभरले ढाकिएको थियो।

बिहान ८: ३० मा टस भएर ९ बजे खेल शुरू गर्ने तालिका थियो। तर, वर्षाको कारण टस नै हुन सकेन। खेल रद्द हुने भएपछि नेपाली टोलीका सम्पूर्ण खेलाडी मैदानमा उपस्थित दर्शकसँग फोटो खिचेर बाहिरिएका थिए।
समूह ए मा नेपालले लगातार दुई खेल जितेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो।

यता, साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा कतारलाई ७ विकेटले पराजित गरेको थियो।
शीर्षस्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक छ। साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
