सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार ३९३ मा खुम्चिएको छ।
काठमाडौँ– यो साता पहिलो दिन कारोबार दोहोरो अंकको गिरावट देखिएको पुँजी बजारमा सोमबार दोस्रो दिन भने झिनो अंकको सुधार देखिएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७१ अंकले बढेर १८८८.३२ अंक कायम भएको हो।
सोमबार २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ३३ हजार २१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार ३९३ मा खुम्चिएको छ।
सोमबार बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह ०.१६, होटल तथा पर्यटन समूह ६५.८२, लगानी समूह ०.०८ र निर्जीवन बिमा समूह १९.१९ अंकले घटेको हो।
सबैभन्दा धेरै जीवन बिमा समूह ८२.१० अंक र उत्पादन तथा प्रशोधन समूह २५.९८ अंकले बढेको छ। त्यस्तै, विकास बैंक समूह २४.५४, वित्त समूह ७.१४, जलविद्युत् समूह ७.२२ र लघुवित्त समूह ३.९५ अंकले बढेको छ। त्यस्तै, म्युचुअल फन्ड ०.१६, व्यापार समूह ४.४६ र अन्य समूह ४.४९ अंकले बढेको छ।
सोमबार कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको सेयर मूल्य ८.११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा ९.६२ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज कालिन्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ। यो कम्पनीको आठ करोड ८१ लाख ७८ हजार २२१ बराबरको एक लाख पाँच हजार ६३६ कित्ता सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
