‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले एनआरटीलाई र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।
काठमाडौँ– फ्रेन्ड्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग जित हासिल गरेका छन्। मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्सले न्यूरोड टिम (एनआरटी) र पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको जितमा रफिक एमिनु, टोरिच जेब्रिन र कप्तान प्रकाश बुढाथोकीले १/१ गोल गरे। यता, एनआरटीका सन्जिव विष्टको गोल सान्त्वना रह्यो।
खेलको १४औँ मिनेटमा रफिकले वान भर्सेज वानको स्थितिमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए थिए। ४०औँ मिनेटमा सन्जिवले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए।
तर, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टोरिचले फ्रिकिकमा सिधै गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए।
७६औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए। त्यसपछि कुनै गोल हुन सकेन। जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अंक जोडेको छ। फ्रेन्ड्स एनआरटीलाई पछि पार्दै १०औँ स्थानमा उक्लिएको छ। पराजित एनआरटीको १२ खेलबाट १३ अंक छ। एनआरटी एक स्थान तल झरेको छ।
मनाङको पाँचौँ हार
एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा विभागीय पुलिस क्लबले मनाङलाई १–० गोलअन्तरले पराजित गरेको छ। पुलिसको जितमा मोहम्मद आशिकले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
खेलको ७औँ मिनेटमा पेनाल्टी बक्समा मोसेस टिवुमलाई रन्दीप पौडेलले फउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो। मोहम्मदले डेब्युमै खेलमै गोल गरेका हुन्।
शुरूआती ७ खेलमा अपराजित रहेको मनाङको यो पाँचौँ हार हो। मनाङ सातदोबाटो युथ क्लबसँग १–०, जावलाखेल युथ क्लबसँग ३–०, आर्मीसँग १–० र एफसी खुमलटारसँग २–१ गोलअन्तरले पराजित भएको थियो।
त्यसअघि मनाङले संकटालाई १–०, एनआरटीलाई ३–१, एपीएफलाई २–१, फ्रेन्ड्स क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो।
मनाङले साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, थ्रीस्टार क्लबसँग भने १–१ गोलको बराबरी खेलेको थियो।
मनाङले १२ खेलबाट १५ अंक जोडेको छ। मनाङ अंक तालिकाको आठौँ स्थानमा यथावत् छ। पुलिसको समान खेलबाट ९ अंक रहेको छ। पुलिस अझै रेलिगेसन जोनमै रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
