नेप्सेमा दोहोरो अंकको सुधार, ८८ करोडको सेयर कारोबार

मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ को विन्दुमा पुगेको हो।

मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ।

मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक ०.१ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ९५.४२ र उत्पादन तथा प्रशोधन समूह ७९.६३ अंकले बढेको छ।

बैंकिङ समूह १२.१७, विकास समूह ५७.०५, वित्त समूह १७.४९, होटल तथा पर्यटन समूह ६६.९७ र जलविद्युत् समूह १२.९ अंकले बढेको छ।

त्यस्तै, जीवन बिमा समूहको उपसूचक ५७.३०, उत्पादन समूह १५.८०, व्यापार समूह १३.२२ र अन्य समूह ६.७४ अंकले बढेको छ।

तारागाउँ होटल रिजेन्सीको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता सेयर किनबेच भएको छ।