यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेका हुन्।
बारा– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।
यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पराजित गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार यादवले २८ हजार ४१५ मत प्राप्त गरे। कुशवाहाले २३ हजार ३३४ मत पाए।
एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले दुई हजार ८२९ मत मात्र प्राप्त गरे।
बारा–२ मा ६९ हजार १०७ मत खसेको थियो। यादव यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए।
यहाँका प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
