एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ।
काठमाडौँ– विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा एपीएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो। यससँगै दुवै टोली १३औँ चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउन्डको लिगमा बिट मारेका छन्।
शुरूआतबाट नै ललितपुरे टोली फ्रेन्ड्समाथि आक्रामक रणनीति अपनाउँदै खेलेको एपीएफले २७औँ मिनेटमा प्रदीप लामाको पासमा अग्रता निकालेको थियो। कप्तान नवीन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदीपले गोलमा परिणत गर्न सफल भएका थिए। त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपीएफले थप गोल गर्न सकेन।
दोस्रो हाफमा फ्रेन्ड्सले सुधारिएको प्रदर्शन गर्यो। ५२औँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए। बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेन्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन्।
यससँगै विभागीय टोली एपीएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ। एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेन्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ। लिगमा शुक्रबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
