नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले अफगानिस्तानको राष्ट्रिय फुटबल टोली पुनर्निर्माण गर्ने बताएका छन्।
काठमाडौँ- अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी नियुक्त भएका छन्। नेपालका पूर्वप्रशिक्षक अल्मुताइरीलाई जिम्मेवारी सुम्पिएको अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार जानकारी दिएको हो।
अल्मुताइरी यसअघि कतार फुटबल संघको सहयोगमा नेपाल आएका थिए। साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउने लक्ष्यसहित उनी नेपाल आएका थिए। साफ चाम्पियनसिपको २८ वर्षे इतिहासमै पहिलोपटक उनले नेपाली टोलीलाई उपविजेता बनाए।
बलियो टोलीसँग मैत्रीपूर्ण खेल खेलाएर सन् २०२६ सम्म नेपाललाई एएफसी एसियन कपमा छनोट गराउने उनको अर्को लक्ष्य थियो। उनले आयुष घलान, दीप कार्की, मनीष डाँगीजस्ता खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए।
उनले वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग मैत्रीपूर्ण खेल खेलाएका थिए। आफ्नो कार्यकालमा १९ खेल खेलाउँदा १२ हार, पाँच जित र दुई वटामा बराबरीको नतिजा निकालेका थिए। तर, खेलाडीसँगको मतभेद र नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको टसलका कारण उनको बहिर्गमन भएको थियो।
अफगानिस्तानको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि उनले यसलाई नयाँ चुनौतीको रूपमा लिएको बताएका छन्। उनले अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीसमेत पुनर्निर्माण गर्ने बताएका छन्। खेलाडी छनोटका लागि राजधानी काबुलमा उनले क्याम्प बोलाएका छन्। क्याम्पमा अफगानिस्तानबाहिर रहेका खेलाडीहरूलाई पनि बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
