सुडानमा १५ अप्रिलयता जारी हिंसाका कारण हालसम्म सैनिक र सर्वसाधारण गरी ४५९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तै, ४ हजारभन्दा बढी घाइते भएको बताइएको छ।
सुडानमा ७२ घण्टे युद्धविराम लागू गरिए पनि कार्यान्वयन हुन सकेन। सुडानी सेना (एसएएफ) र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सोमबार रातिदेखि बिहीबारसम्म लागू हुने भनिएको युद्धविराम उल्ंलघन भएको बीबीसीले जनाएको छ।
सत्ता संघर्षमा उत्रिएका दुई पक्षबीच १३ दिनयता भिडन्त जारी छ। राजधानी खार्तुमसहित विभिन्न स्थानमा भिडन्तका घटना बाहिरिएका छन्। यसअघि पनि युद्धविरामका प्रयास असफल भएका थिए।
जारी हिंसाका कारण सुडान छाडेर भाग्नेहरूको संख्या बढिरहेको छ भने विदेशी नागरिकहरू आफ्नो देश फर्कर्ने क्रम बढ्दो छ। कतिपय देशले केही दिनअघि नै आफ्ना नागरिकको उद्धार गरिसकेका छन्।
अमेरिका, बेलायत, क्यानडा, स्पेन, फ्रान्ससहित विभिन्न देशले आफ्ना कूटनीतिज्ञ र नागरिकहरूको उद्धार गरेका छन् भने अधिकांश विदेशी उद्धारको पर्खाइमा छन्। भारतले हालसम्म हवाई र सामुद्रिक मार्गमार्फत ११ सय नागरिकको उद्धार गरिसकेको जनाएको छ।
तीमध्ये ६१३ जनालाई एयरलिफ्टमार्फत उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। बिहीबार बिहानसम्म २४६ जना मुम्बई अवतरण गरेका थिए। यस्तै, ३६७ जना बुधबार नयाँ दिल्लीमा ओर्लिएको बताइएको छ।
भारतीय विदेशसचिव विनयमोहन क्वात्राले सुडानको अवस्था निकै तनावपूर्ण रहेको बताउँदै भारतीय नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्काउनु नै अहिलेको उद्देश्य भएको बताएका छन्।
सुडानमा अहिले ३ हजार ५०० जना भारतीय नागरिकहरू फसिरहेको बताएको छ। यस्तै, भारतीय मूलका थप एक हजार नागरिकसमेत फसिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई त्यहाँबाट उद्धार गर्ने प्रयास भइरहेको विदेश सचिव क्वात्राले बताए।
सुडानमा १५ अप्रिलयता जारी हिंसाका कारण हालसम्म सैनिक र सर्वसाधारण गरी ४५९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तै, ४ हजारभन्दा बढी घाइते भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
