बाजुरा केन्द्रबिन्दु भएर मध्यरातमा ३ पटक भूकम्प

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

काठमाडौँ– बाजुराको दहकोट केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो।

केन्द्रका अनुसार राति ११: ५८ मा ४.९, राति १: ३० मा ५.९ र १: ५१ बजे ३.९ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे भने यकिन हुन नसकेको बताइएको छ। 

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो  समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।