२०३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनायो।
काठमाडौँ– राजस्थान रोयल्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गर्दै घरेलु टोली राजस्थान शीर्षमा उक्लिएको हो। हारपछि शीर्षस्थानमा रहेको चेन्नई तेस्रो स्थानमा झरेको छ।
२०३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन मात्र बनायो।
चेन्नईका शिभम दुवेले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५२ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। ओपनर ऋतुराज गायकवाडले ४७ रन बनाए। उनले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। मोइन अली १२ बलमा २३ रन बनाएर आउट भए। रविन्द्र जडेजा २३ रनमा अविजित रहे।
राजस्थानका एडम जाम्पाले ३ विकेट लिए। रविचन्द्रन अश्विनले २ तथा कुलदिप यादवले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो।
राजस्थानका ओपनर यशस्वी जैसवालले ७७ रनको अर्धशतकीय ईनिङ्स खेले। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। जोस बटलरले २१ बलमा २७ रन बनाए। कप्तान सन्जु सामसनले १७, धुव्र जुरेलले ३४ तथा देवदत्त पडिकलले २३ बनाए।
चेन्नाईका तुसारदेश पान्डेले २ विकेट लिए। रविन्द्र जडेजा र महेश थिक्सनाका नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
