राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।
काठमाडौँ– लोकसेवा आयोगले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलबाट तथ्यांक हराएको छ। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा प्राविधिक समस्या देखिँदा लोकसेवा आयोगको अनलाइन प्रणालीमा भण्डारण भएका तथ्यांक हराएको हो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको भर्चुअल मसिन (सर्भर)मा समस्या देखिएको जनाएको छ। सर्भरको ब्याकअपको जिम्मेवारी पाएको सूचना प्रविधि केन्द्रका अनुसार भर्चुअल डिस्क (लजिकल युनिट) मा समस्या देखिँदा डेटा प्राप्त गर्न नसकिको हो।
सूचना प्रविधि केन्द्रका उपनिर्देशकका सफल श्रेष्ठले उकालोसित भने, “लजिकल युनिटमा समस्या देखिँदा डेटा प्राप्त गर्न नसकिएको हो। हार्डवेयरमा समस्या छैन।”
श्रेष्ठका अनुसार ओर्याकलको पर्सनल क्लाउड अप्लायन्समा लोकसेवा आयोगसहित नगरपालिका, गाउँपालिका लगायत अन्य ५० निकायका अनलाइन सिस्टम चलिरहेको छ।
वेबसाइट, सरकारी इमेल लगायतका सेवा प्रदान गरिरहेको केन्द्रले सी प्यानलको ब्याकअप हेटौँडास्थित डेटा रिकभरी केन्द्रमा भण्डारण गरिरहेको छ। हाल प्रयोग भइरहेको ब्याकअप सफ्टवेयरले ओर्याकलको ब्याकअप मेकानिजम सपोर्ट नगर्ने हुँदा डाटा नदेखिएको उनको भनाइ छ।
"ओर्याकलको पर्सनल क्लाउड अप्लायन्सको ब्याकअप मेकानिजम तयार थिएन। ओर्याकलको सिस्टम जटिल र अन्यभन्दा फरक हुने हुँदा ब्याकअपको संयन्त्र बन्न सकिरहेको थिएन," उनले भने, "सर्भरको लजिकल युनिटमा समस्या देखिँदा हालसम्म डेटा उपलब्ध हुन सकेको छैन।"
उनले सेवा प्रदायक ओर्याकलसँग प्राविधिक समन्वय भइरहेको बताए। १०० टीबी बराबरको लजिकल युनिट भएकोले डेटा प्राप्त गर्न केही समय लाग्ने उनको भनाइ छ।
लोकसेवा आयोगका एक प्राविधिकका अनुसार अनलाइन सेवामार्फत प्राप्त भएका करिब ३ महिनादेखिका डेटा अहिले पहुँचभन्दा बाहिर छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
