काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरू बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो।
पटक पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।
उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए। उनले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए।
“हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरूलाई संस्थाअनुसार ५ हजारका दरले जरिबाना गर्नेछौँ,” उनले भने। प्रमुख पाण्डेले अटेर गर्ने संघसंस्थामाथि कारबाहीको दायरा बढाउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
