हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले कोइरीलाई निलम्बित गरिएको सूचना टाँस गरेको जनाएको छ।
काठमाडौँ– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। मंगलबार उनी निलम्बित भएको सूचना टाँस गरेको संसद् सचिवालयले जनाएको छ।
हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त रहेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोगका लागि संसद् सचिवालयलाई दोस्रो पटक पत्र लेखेको थियो। त्यसपछि संसद् सचिवालयले यसबारे सूचना टाँस गरेको प्रवक्ता एकराम गिरिले जानकारी दिए।
कोइरीमाथि महोत्तरीमा सशस्त्र प्रहरीका हवल्दार थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको छ। सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत विकको मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइले घाइते भई अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो।
सोही घटनामा संलग्न भएको भन्दै प्रहरीले कोइरीलाई फरार सूचीमा राखेको छ। विक हत्यासम्बन्धी सुनुवाइमा कोइरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन जनकपुर उच्च अदालतले आदेश दिएको छ। सोही आदेश कार्यान्वयनका लागि प्रहरीले उनलाई पक्राउ गरिदिन सहयोग माग्दै संसद् सचिवालयमा पत्र पठाएको थियो।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) मा अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वतः निलम्बनमा पर्ने व्यवस्था रहेको छ।
प्रहरीको फरार सूचीमा रहेको कोइरीलाई संसदीय समितिमा सिफारिस गरिएको भन्दै वैशाख १५ गतेको प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले आपत्ति जनाएका थिए।
प्रतिनिधिसभाको २१ वटा बैठकमा अनुपस्थित उनले आफू बिरामी भएका कारण संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै बिदाको पत्र पठाएपछि सांसदहरूले आक्रोश व्यक्त गरेका थिए।
प्रतिनिधिसभाको निर्वाचनमा कोइरी माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै महोत्तरी–१ बाट निर्वाचित भएका थिए।
यो पनि : टीकापुरजस्तै हत्याकाण्ड, तर कसरी ‘उन्मुक्ति’ पाए लक्ष्मी महतोले?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
