प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए।
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन्।
प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए। नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उनको पक्षमा ५३ मत परेको छ।
यस्तै, विश्वासको मतको विपक्षमा २९ र चार जना सांसद तटस्थ रहेका छन्। प्रदेशसभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसद गरी ५३ जनाले मतदान गरेका छन्।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीको चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा एक/एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए। यस्तै, विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन्।
प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री चौधरीले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताए। उनले प्रदेशका जनतालाई आशा र विश्वास दिलाउने गरी काम गर्ने र प्रदेशको अधिकार प्राप्तिका लागि विपक्षी दललाई सँगै हिँड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा छन्।
यही वैशाख १५ गते मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीन जना मन्त्रीको अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन। माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी बिना विभागीय मन्त्री रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
