दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित भोलुमडाँडामा यार्सा खोज्न गएका १२ जना मंगलबार दिउँसो हिमपहिरोमा परेका थिए। उनीहरूमध्ये ५ जना अझै बेपत्ता छन्।
काठमाडौँ– दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित भोलुमडाँडामा हिमपहिरोमा फसेका १२ मध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ। ५ जना अझै बेपत्ता छन्।
गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार बेपत्ता हुनेमा दुहुँ गाउँपालिका–४ का कमला कुँवर, सोही ठाउँका प्रविण कुँवर, डोटीको जोरायल गाउँपालिका–२ का नवती डोमा थापा, सोही ठाउँका क्षिमी थापा र ईश्वरी थापा छन्।
यस्तै, जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल विष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको उद्धार गरिएको हो।
यार्सा संकलनका लागि गएका उनीहरू मंगलबार दिउँसो हिमपहिरोमा परेका थिए। ढंगामुनि पाल टाँगेर बसिरहेका बेला हिमपहिरो आएको थियो। बेपत्ताको खोजी भइरहेको उपाध्यक्ष कुँवरले बताए।

“नजिकको बस्ती छाङरुबाट गएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले मंगलबार बेलुकासम्म खोजी गरेर ७ जनालाई शकुसल उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ,” उनले टेलिफोनमा भने, “बाँकीलाई राति अबेरसम्म पनि नभेटेपछि टोली फर्किएको थियो। आज बिहानैदेखि पुनः खोजी जारी छ।”
निरन्तरको हिमपात र अँध्यारोसमेत भएकाले मंगलबार खोजी कार्यमा कठिनाइ भएको थियो। घटनास्थल छाङरुबाट तीन घण्टा टाढा पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
