पुरस्कृत तीनै जना पत्रकार जेलमा छन्। आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका कारण उनीहरूलाई पुरस्कार प्रदान गरिएको राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघले ३ जना इरानी महिला पत्रकारलालाई यस वर्षको प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि जेलमा परेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी र अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदीलाई प्रदान गरिने भएको हो।
अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए। यस्तै नरगेस मोहम्मदीलाई पनि उक्त पुरस्कार प्रदान गरिने भएको छ। उनी इरानमा प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी पत्रकार हुन्।
पुरस्कृत तीनै जना पत्रकारहरू कारागारमा छन्। उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ। युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाकाबीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताएका छन्।
इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवम् स्वतन्त्रतापक्षधरले आवाज बुलन्द गर्नुपर्नेमा उनको जोड छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
