आफ्नै घरमा बन्धक बनाइएकी भक्तपुर सूर्यविनायक–३ बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगको टोलीले डेढघण्टा सोधपुछ गरेको छ।
काठमाडौँ– आफ्नै घरमा बन्धक बनाइएकी भक्तपुर सूर्यविनायक–३ बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेसँग राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोधपुछ गरेको छ। अनन्तमायाको अवस्था बुझ्न गएको आयोगको टोलीले उनीसँग सोधपुछ गरेको हो।
आयोगका उपसचिव मोहनदेव जोशी नेतृत्वको टोलीले अनन्तमायासँग डेढ घन्टा सोधपुछ गरेको छ। आयोगको टोली दिउँसो १२ः५४ बजे उनको घर पुगेको थियो। टोलीमा उपसचिव जोशीसहित जेष्ठ नागरिक सम्पर्क अधिकृत (सामूहिक अधिकार महाशाखा) कल्पना नेपाल आचार्य, उजुरी शाखाकी मनमाया राना मगर, अनुसन्धान शाखाकी रेखा बास्तोला थिए।
आयोगको टोली उक्त घरमा पुग्दा बाहिरी, भित्री र च्यानल गेट कतै पनि ताल्चा थिएन। जेठी छोरी उर्मिला घिमिरेले आयोगका पदाधिकारीलाई गेटैमा स्वागत गरेर दोस्रो तला लगेकी थिइन्।
आयोगको टोली दोस्रो तलामा पुग्नेबित्तिकै अनन्तमायाका जेठा छोरा बल्लभले गेटमा ताल्चा लगाएका थिए।
आयोगले अनन्तमायासँग सोधपुछ गरिरहँदा वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र केसी पनि पुगेका थिए। केसीका अनुसार आयोग अनन्तमायालाई छुट्टै कोठामा राखेर सोधपुछ गरिएको थियो।
यो पनि: सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया
झन्डै डेढ घण्टाको सोधपुछपछि आयोगको टोली बाहिरिएको थियो। बाहिर आएपछि उपसचिव जोशीले प्रारम्भिक अनुसन्धान भएको र यसबारे आयोगले थप अनुसन्धान गर्ने बताए।
सामूहिक अधिकार महाशाखाकी आचार्यले आयोगको अनुसन्धान शुरू भएको बताइन्। तहगत रूपमा अनुसन्धान गरेर प्रमाण जुटाएपछि त्यहीअनुसार अगाडि बढ्ने उनले बताइन्।
वडाध्यक्ष केसीका अनुसार केही महिनाअघि उर्मिला आमाको संरक्षक बन्न सिफारिस माग्दै वडा कार्यालय पुगेकी थिइन्। तर संरक्षकका रुपमा राख्नको लागि अनन्तमायाका सबै सन्तानको सहमति चाहिने बताएपछि उनी फर्किएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
