अमेरिकाको ओरिगनमा भेटियो तीखा दाँत भएको माछा

ठूला आँखा र तीखा दाँत भएको माछा समुद्रमा करिब ३२२ किलोमिटरसम्म बगेर आएको बताइएको छ। 

अमेरिकाको प्रशान्तीय उत्तरपश्चिमी क्षेत्रको ओरिगन तटीय किनारमा अचम्मको र डरलाग्दो माछा (ल्यान्सेट) भेटिएको छ। ठूला आँखा र तीखा दाँत भएको यो माछा समुद्रमा करिब ३२२ किलोमिटरसम्म बगेर आएको बताइएको छ। 

तर, माछा समुद्र तटमा कसरी आयो भन्ने यकिन नभएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै एपी न्युजले उल्लेख गरेको। केही सातायता यी र यस्तै प्रजातिका माछाहरू क्यालिफोर्नियाको सीमा क्षेत्रको समुद्र तटमा पनि देखिएको बताइएको छ।

यस्ता माछा मानिसले खान नरुचाउने फिसेरिज वेस्ट कोस्ट क्षेत्रको निकाय एओएएले जनाएको छ। समुद्रको निकै गहिराइमा पाइने माछा के कारणले किनारमा आयो भन्ने थाहा नभएको वैज्ञानिक र विज्ञहरूले बताएका छन्। 

यस्ता घटना पहिले हुने गरेको थियो/थिएन पनि यकिन नभएको र के कारणले किनारामा आए पत्ता नलागेकोले अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।