जापानी प्रधानमन्त्री फुमिओ किशिदा सम्बन्ध सुधारका लागि भन्दै दक्षिण कोरियाको दुई दिने भ्रमणमा निस्किएका छन्।
द्विपक्षीय सम्बन्ध सुधारको आशासहित जापानी प्रधानमन्त्री फुमिओ किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा निस्किएका छन्। उत्तर कोरियाको आणविक हतियार आक्रमणको जोखिमबीच उनी सम्बन्ध सुधारका लागि भन्दै आइतबार दक्षिण कोरिया पुगेका हुन्।
पछिल्लो पाँच वर्षयता कुनै पनि जापानी नेता दक्षिण कोरिया पुगेको यो पहिलो पटक हो। यसअघि जापानी राष्ट्रपति सिन्जो आबे सन् २०१८ मा सोलको भ्रमणमा गएका थिए।
इतिहासका विभिन्न तनावहरू समाधान गरी दुई देशबीचको मित्रता कायम गर्न भन्दै यसअघि गत मार्चमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल जापानको भ्रमणमा गएका थिए। त्यतिबेला टोकियोमा युन र किशिदाबीच आपसी सम्बन्ध सुधारका लागि भएको वार्ता सकारात्मक बनेको बताइएको थियो।
त्यसपछि दुवै देशले सीमा व्यापारमा लचिलो बन्ने प्रतिबद्धता गरिसकेका छन् भने इतिहासदेखिको तिक्तता अन्त्यको प्रयास र द्विपक्षीय कूटनीतिक सम्बन्ध सुधार र बिस्तारमा प्राथमिकता दिइरहेका छन्।
सोल जानुअघि जापानी प्रधानमन्त्री किशिदाले विश्वासमा आधारित सम्बन्ध रहेकाले सोलमा राष्ट्रपति युनसँग खुला हृदयले आपसी धारणा साटासाट हुनेमा आशावादी रहेको बताएको अल जजिराले जनाएको छ।
“मार्च महिनायता वित्तीय र सुरक्षासहित विविध क्षेत्रबारे विभिन्न चरणमा हाम्रो सञ्चार भइरहेको छ। यो कार्य निरन्तर रूपमा विकसित गर्ने मेरो योजना छ,” किशिदाको भनाइ थियो।
सोलमा हुने वार्तामा प्रधानमन्त्री किशिदा र राष्ट्रपति युनबीच उत्तर कोरियाको आणविक हतियार कार्यक्रम, आर्थिक तथा समग्र सुरक्षासहित विविध अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
