नेमकिपाका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने बताएका छन्।
काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्बाट विश्वासको मत लिनु पर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका छन्।
शनिबार बसेको सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिन नपर्ने निष्कर्ष निकालेको थियो। सो विषयबारे बोल्दै सांसद सुवालले भने, “प्रधानमन्त्रीलाई समर्थन दिने दलले समर्थन र विश्वासको मत फिर्ता लिएकाले अब सरकारले विश्वासको मत लिनुपर्छ।”
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने उनको भनाइ छ। एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्ने सत्ता गठबन्धनको निर्णय ठीक नभएको बताए। सत्तारूढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि छानबिन गरेर दोषीमाथि कानूनबमोजिम कारबाही गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
