नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ।
बाँके– नेपालगन्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना भाइरसका संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ। भारतबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा परीक्षण गरी संक्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ।
शुरूमा कोरोना महामारी फैलिँदा नेपालगन्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो। हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन्। गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधिसमेत दिइन्छ। तर, नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ।
कोरोना महामारी शुरू भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ। “सबैले परीक्षण गर्न मान्दैनन्, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन”, हेल्थ डेस्कका प्रमुख गीता गिरी शाहीले भनिन्। उनका अनुसार भारतका पन्जाव, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना संक्रमितको संख्या बढ्न थालेको बताए। उनले कोरोना संक्रमण पुष्टि भएकाहरूमा कुन भेरिअन्ट हो भन्ने पत्ता नलागेको बताए। कोरोना संक्रमण पुष्टि भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
