चालु आर्थिक वर्षको चैतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नौ महिनाको तथ्यांकमा आधारित राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।
काठमाडौँ- आन्तरक वित्त व्यवस्थापमा चुनौती देखिरहँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा भने निरन्तर सुधार भएको छ। शोधानान्तर स्थिति, कुल विनिमय सञ्चिति, रेमिट्यान्स आप्रवाह लगायतका सुचकमा सुधार देखिएको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देखाएको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख गरेअनुसार चैतमा चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको छ। गत एक महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीहरूले १ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन्।
चालु वर्षको नौ महिनाको अवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा २४.२ प्रतिशतले बढी हो। गत वर्षको उक्त अवधिमा रेमट्यान्स ०.२ प्रतिशतले घटेको थियो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ । रेमिट्यान्समा वृद्धि हुँदा शोधानान्तर बचत पनि बढेको छ।
चैतसम्ममा शोधानान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचत भएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको हो।
यो अवधिमा चालु खाता घाटामा पनि सुधार आएको छ। साउनदेखि चैत मसान्तसम्म चालु खाता घाटा ५१ अर्ब ८२ करोड घाटामा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा थियो।
यो नौ महिनामा आयात १८.१ प्रतिशत, निर्यात २६.३ प्रतिशत र कूल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। यस अवधिमा संघीय सरकारले ९ खर्ब ४३ अर्ब ५ करोड खर्च गर्नुका साथै ६ खर्ब ८३ अर्ब ८१ करोड राजस्व परिचालन गरेको छ। यसबीचमा बैंक तथा वित्तीय संस्थाबाट भएको निक्षेप संकलन सात प्रतिशत र निजी क्षेत्रमा कर्जा प्रवाह ३.५ प्रतिशतले वृद्धि भएको पनि राष्ट्र बैकले जनाएको छ।
यस्तै चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ। यो गत असार मसान्तको तुलनामा १७.९ प्रतिशतले बढी हो। अमेरिकी डलरमा यस्तो सञ्चिति असारमा ९ अर्ब ५४ करोड रहेकोमा चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ। उक्त विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ।
चैतमा महँगी भने बढेर ७.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ७.२८ प्रतिशत थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
