माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) विधिबाट तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म भएको हो। यसरी जन्मेको शिशुमा अधिकांश डीएनए आमाबुबाबाट र ०.१ प्रतिशत तेस्रो व्यक्तिबाट आएको बताइएको छ।
बेलायतमा तीन जनाको डीएनए प्रयोग गरिएको एक शिशुको जन्म भएको छ। विशेष किसिमले गराइएको कृत्रिम गर्भाधारण प्रक्रियाबाट शिशुको जन्म भएको बेलायतको प्रजनन नियामकले पुष्टि गरेको छ।
बेलायती प्रजनन नियामक निकायले भनेको छ, “यस गर्भाधानको विधिले गम्भीर माइक्रोकोन्ड्रियल रोग लागेको परिवारमा स्वस्थ बच्चाको सम्भावना पैदा गर्छ।” द गार्डियनका अनुसार बच्चालाई निको नहुने रोगबाट जोगाउन माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) उपचार प्रविधि प्रयोगबाट यो सम्भव भएको हो।
यस प्रक्रियामा स्वस्थ महिलाको अण्ड वा भ्रुण लिइन्छ, जसले आमामा भएका र बालबालिकामा सर्नसक्ने हानिकारक म्युटेसनरहित आईभीएफ एम्ब्रियो (भ्रूण) बनाउँछ। यसरी जन्मेको बच्चामा अधिकांश डीएनए दुई आमाबुबाबाट आउँछ भने ०.१ प्रतिशत तेस्रो व्यक्ति अर्थात् अर्की महिलाबाट आएको बताइएको छ।
यस प्रक्रियाबाट बेलायतमा पाँचभन्दा कम शिशु जन्मिएको बेलायतको ह्युमन फर्टिलिटी एन्ड एम्ब्रोयोलोजी अथ्योरिटीको भनाइ छ। तर ती परिवारको सुरक्षाका लागि थप जानकारी भने दिइएको छैन।
सन् २०१५ मा बेलायत एमडीआईको प्रयोगका लागि अनुमति दिने पहिलो मुलुक बनेको थियो। बेलायतमा प्रत्येक २०० जना बालबालिकामध्ये एक जनामा माइटोकोन्ड्रियल समस्या देखिने गरेको तथ्यांक छ।
अनुवांशिक दोषका कारण मुटु रोग, मिर्गि रोग, बौद्धिक अक्षमता र शारिरीक दुर्बलताजस्ता समस्या देखा पर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
