नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेको हो।
काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।
उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नसमेत माग गरेका छन्। आइतबार बिहान कैदीको भेषमा विद्यार्थीहरूले विरोध गरेका थिए। उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
त्यस्तै ‘एक, दुई, तीन, चार, भ्रष्टाचारी होसियार’, ‘भ्रष्टाचार देशद्रोह हो’लगायत नारा लगाएका थिए। भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नाता र नेता नहेरीकन दोषीलाई कानूनी कठघरामा उभ्याउन विद्यार्थीको माग छ।
यस प्रकरणमा खाँणसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्।
सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
