आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखेको छ।
काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत् राखेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
मंगलबार मध्यरातबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाइएको हो। अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो।
निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १६० रुपैयाँ, बाह्यतर्फ १.३५० डलर रहेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य १८०० रुपैयाँ प्रतिसिलिन्डर रहेको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट मे १६ मा इन्धनको मूल्य घटेर आएअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घट्बढ् हुने गर्छ।
इन्डियन आयल कर्पोरेसनको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न अझै चुनौती रहेको अवस्थामा उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य समायोजन गरेको निगमको भनाइ छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
