सातदोबाटोलाई पराजित गर्दै चर्च ब्वाइज शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौँ– सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइजका सुभास गुरुङले गरेको गोल नै निर्णायक बन्यो। सुभासले खेलको ६३ औँ मिनेटमा सातदोबाटोविरुद्ध गोल गरेका थिए।
जितसँगै चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ। समान १८ खेल खेलेको जावलाखेलको ३१ अंक छ। १८ नै खेल खेलको सातदोबाटो २६ अंकसहित पाँचौँ स्थानमा छ।
त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले थ्री स्टारसँग संघर्षपूर्ण बराबरी खेलेको छ। दशरथ रंगशालामै भएको खेलमा आर्मीले थ्री स्टारसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
थ्री स्टारलाई ६९ औँ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए। खेल सकिन्न चार मिनेट बाँकी रहँदा आर्मीका दिनेश हेन्जनले गोल गर्दै बराबरी गरे। बाँकी समयमा आर्मीले दबाब राख्दै खेले पनि थप गोल गर्न सकेन र दुवै टोलीले एक/एक अंक बाँडे। बराबरीपछि थ्री स्टारको १८ खेलबाट २६ अंक भएको छ भने आर्मीको समान खेलबाट २३ अंक भएको छ।
लिगअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय डर्बी भिडन्तमा पुलिस विजयी भएको छ। पुलिसले टोम मोसेसको निर्णायक गोलको सहयोगमा जारी
लिगमा छैटौँ जित निकालेको छ। जितसँगै पुलिस लिग तालिकाको दशौँ स्थानमा उक्लिएको छ। पुलिसले स्पष्ट जित निकाल्ने क्रममा मोसेसले ६१ औँ मिनेटमा गरेको गोल निर्णायक भएको हो। जितपछि पुलिसले १८ खेलबाट २२ अंक बनाएको छ। पराजित एपीएफ ११ औँ स्थानमा झरेको छ । एपीएफको पनि समान २२ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
