चर्को घाम र तातो हावाका कारण जिल्लामा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। गर्मीले आउँ, झाडापखाला, टाइफाइड, छालाजन्य रोग र जन्डिसका बिरामी बढेको प्रादेशिक अस्पतालले जनाएको छ।
जलेश्वर– महोत्तरीमा केही दिनदेखि बढेको गर्मीले जनजीवन प्रभावित भएको छ। पछिल्ला दिन यहाँको तापक्रम ४० देखि ४३ डिग्रीसम्म पुगेको छ।
गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या वृद्धि भएको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषा भारद्वाजले बताइन्। सामान्य अवस्थामा दैनिक ७०–७५ जना बिरामी आउने गरेकामा अहिले २५० बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ।
उनका अनुसार गर्मीले आउँ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामी धेरै छन्। अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०–६० वर्षमाथिका वृद्धवृद्धा रहेका छन्।
चर्को घाम र तातो हावाका कारण जलेश्वर नगर क्षेत्रसहित ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ। कुवा, इनार, पोखरीलगायतमा पानीको मुहान सुक्न थालेका छन्। चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमा नै बस्ने गरेको स्थानीय सूर्यबहादुर सदाले बताए।
खडेरीका कारण अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन्। अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन्। गर्मीले तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
