मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–७ भारपामा विद्यालय गइरहेका पुजना सुवेदी र उनकी बहिनी गंगाको ट्याक्टरबाट खसेर मृत्यु भएको छ।
काठमाडौँ– पाँचथरमा ट्याक्टरबाट खसेर बुधबार दुई जना विद्यार्थीको मृत्यु भएको छ।
मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–७ भारपामा भएको दुर्घटनामा विद्यालय गइरहेका १२ वर्षीया पुजना सुवेदी र उनकी बहिनी १० वर्षीया गंगाको मृत्यु भएको हो।
वडाध्यक्ष धनकुमार लिम्बूका अनुसार उनीहरू ट्याक्टरको ढालामा चढेर विद्यालय भइरहेका थिए। अन्य दुई जना विद्यार्थी घाइते भएको र उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको लिम्बूले जानकारी दिए।
दुर्घटनाको समय उक्त ट्याक्टरमा ११ जना विद्यार्थी चढेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।
तीव्र गतिका कारण विद्यार्थीहरू ट्याक्टरबाट झरेको हुनसक्ने प्रहरीको अनुमान छ। ट्याक्टरका चालक तथा सहचालक फरार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
