मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्।
भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेसन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने मोन्टाना पहिलो अमेरिकी राज्य बनेको छ। सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेका छन्। राज्यका मुख्य सूचना अधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरूपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो। संघीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ। आगामी जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरूपमा लागू हुनेछ। टिकटक उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुनसक्ने समाचारमा जनाइएको छ।
यसअघि नेपालको छिमेकी मुलुक भारतले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको छ। भारतले भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा भएको भन्दै टिकटकलगायतका चिनियाँ एप प्रतिबन्ध गरेको हो। भारतमा टिकटक, वीच्याटलगायत चर्चित चिनियाँ कम्पनीले निर्माण गरेका एपहरूमा प्रतिबन्ध लगाइएको छ।
यसअघि संयुक्त राज्य अमेरिका अन्य राज्य, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले आफ्ना कर्मचारीका उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन्। युरोपेली संसद्, युरोपेली आयोगले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको बताइएको छ।
चिनियाँ एप टिकटकमाथि डाटा चोरी गर्ने गरेको आरोप लाग्ने गरेको छ। चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले भने आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
