बिहीबार प्रतिनिधिसभामा यसबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले लडाकू शिविरमा कुनै घोटाला नभएको जिकिर गरे।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविर घोटाला प्रकरणमा दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा यसबारे उठेका प्रश्नको जवाफ दिने क्रममा दाहालले लडाकु शिविरमा कुनै घोटाला नभएको जिकिर गरे।
प्रतिनिधिसभामा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको थियो। त्यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद ज्ञानबहादुर शाहीले लडाकु शिविरका नाममा भएको भ्रष्टाचार छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने कि नगर्ने भनेर सोधेका थिए। उनले लडाकु शिविर (क्यान्टोनमेन्ट)मा राखिएका लडाकुको संख्या कृत्रिम रूपमा धेरै देखाएको भनेर दाहालले नै कुनैबेला स्वीकारलेकाले त्यहाँ गएको रकममाथि प्रश्न गरेका थिए।
त्यसमाथि उत्तर दिने क्रममा प्रधानमन्त्री दाहालले लडाकु शिविर प्रकरणलाई ‘आरोपको नाममा आरोप मात्र’ भएको टिप्पणी गरे। र, यो विषय उहिल्यै टुंगिइसकेको दाबी गरे।
“शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने क्रममा त्यसबेला जे जति काम भए, ती सबै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री रामशरण महतबाट नै रुजु भइसकेका विषय हुन्। त्यो सबै हरहिसाब अडिट भएर टुंगो लागिसकेको विषय हो। यो कुरा फेरि पटकपटक किन उठाइन्छ?”
प्रधानमन्त्री दाहालले यो प्रकरण छानबिन गर्ने हो भने २०४८ सालपछिका घटना र नेताहरूको सम्पत्ति पनि छानबिन गर्नुपर्ने उल्लेख गरे।
“क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने कुरा कपोकल्पित कुरा हो। फेरि पनि कसैले दिएको उजुरीमा आधारमा यसमाथि छानबिन भयो, त्यसमा म दोषी ठहरिएँ भने म जेल जान तयार छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
