राष्ट्रियसभा सदस्य रामचन्द्र राईले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दिएको जवाफप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको सही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले माओवादी लडाकुको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।
प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठीक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने सांसद राईको भनाइ थियो।
“प्रधानमन्त्रीले जवाफमा हिसाब ठीकै छ, महालेखा परीक्षकको कार्यालयले ठीक भनिसकेकाले यसलाई नकोट्याऊ भन्नु भयो। सोधाइचाहिँ के थियो भने तपाईंले त्यो बेला भिडियो टेपमा ६/७ हजार मात्रै भन्नु भएको थियो नि, त्योचाहिँ के हो भनेर सोधिएको थियो,” उनले भने, “यसले के देखाउँछ भने मुलुकको नेतृत्व गरिरहेको मान्छेले अभिव्यक्त गर्ने भनाइ, गराइ र व्यवहारमा एकरूपता भएन भने सुशासन कायम हुन सक्दैन।
सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी अभिव्यक्ति दिन र सोहीअनुसारको काम गर्न प्रधानमन्त्रीलाई सचेत गराए। नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोहीअनुसार काम गर्नुपर्ने स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
