वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ।
काठमाडौँ– मण्डला नाटकघरमा विलियम शेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा संगीतसहित मञ्चन भइरहेको छ। वान वर्ल्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ।
“नाटकको भावनालाई संगीतले उठाइदिएको थियो । त्यसैले हामीले संगीत राख्ने योजनासहित अमेरिकाबाट ओपेराकै संगीतकर्मीहरूलाई बोलायौँ”, निर्देशक मेरोलाले भनिन्।
अंग्रेजी भाषाको नाटकमा विदेशीसँगै नेपाली कलाकारहरूले पनि अभिनय गरेका छन्। यसमा राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, सन अधिकारी, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।
नाटकमा कलाकार पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रूपमा प्रस्तुत भएका छन्। नाटककी कलाकार राईले नाटकसँग नेपाली दर्शक जोडिने बताए।
उनले भने, “नाटकमा सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ। सामाजिक र राजनैतिक घटनाक्रम नेपाली समाजसँग पनि मिल्दो रहेको छ।” जेठ ५ बाट शुरू भएको यो नाटक जेठ १४ गतेसम्म मात्र मञ्चन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
