प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित हुने बताएका छन्।
‘बेपत्ता योद्धा परिवार समाज’ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सबै दलको सहमतिमा नै विधेयक संसद्बाट पारित हुने दाबी गरेका हुन्।
प्रधानमन्त्री दाहालले उनीहरूको स्थिति सार्वजनिक गर्ने, शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरण सहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए।
उनले शान्तिप्रक्रियाका बाँकी काम २ वर्षभित्रै टुंगोमा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे। प्रधानमन्त्री दाहालले ‘जनयुद्ध’ र ‘जनआन्दोलनका योद्धा’लाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए।
प्रधानमन्त्री दाहालले माओवादी लडाकुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पारे। उनले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
