‘ए’ डिभिजन लिगमा आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाईजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो। जितसँगै आर्मी लिग तालिकाको पाँचौँ स्थानमा पुगेको छ भने फ्रेन्ड्सलाई रेलिगेसनको डर कायमै छ।
सोमबार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६औँ मिनेटमा शुरूआती गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो।
नवयुग श्रेष्ठले ७५औँ मिनेटमा गोल गर्दा सुदिल राईले इन्ज्युरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भए। जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेन्ड्सको समान २० खेलबाट २१ अंक भएको छ।
लिगअन्तर्गत सोमबार नै भएको अर्को खेलमा शुरूआती अग्रता लिएको चर्च ब्वाइजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले १३औँ मिनेटमा गोलको खाता खोलेका थिए। तर, अग्रता हिमालय शेर्पाले ३६औँ मिनेटमा तोडिदियो।
अबायोमी फाकुन्लेले ३६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र उपाधि होडमा रहेको चर्च ब्वाइजलाई धक्का लागेको छ। यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। हिमालयन २० खेलमा २६ अंक जोडेर सातौँ स्थानमा रहेको छ।
लिगमा मंगलबार तीन खेल हुने छन्। पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
