मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ।
काठमाडौँ- साबिक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार सम्पन्न दोस्रो खेलमा मछिन्द्रले जावलाखेल यूथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै मछिन्द्रले २१ खेलमा ३५ अंक जोडेको छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्रले नौ जित, आठ बराबरी र चार हारको नतिजा निकालेको छ। जावलाखेलले समान खेलबाट ३४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको जावलाखेलले नौ जित, सात बराबरी र पाँच हार बेहोरेको छ।
पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रो हाफमा मछिन्द्रले आक्रामक शुरूआत गरेको थियो। ५९औँ मिनेटमा आन्द्रेस नियाले करिब ३० यार्ड बाहिरबाट प्रहार गरेको बललाई ईश्वर गुरूङले मुस्किलले बचाए। रिबाउन्डमा आएको बललाई युता सुजुकीले प्रहार गरेका थिए। तर, पोष्टको दिशा दिन सकेनन्।
७१औँ मिनेटमा दिवाकर चौधरीले गोल गर्ने अर्को अवसर गुमाए। दायाँ साइडको डिबक्स बाहिरबाट गरेको प्रहार माथिल्लो पोष्टमा लागेर बाहियो। ७७औँ मिनेटमा ओलाओले अफिजको पासमा सौरभ लिम्बुको प्रहारलाई ईश्वरले बचाए। ८१औँ मिनेटमा मध्य भागबाट पुजन उपरकोटीले प्रहार गरेको बललाई जावलाखेलका रक्षकले हेडिङ गर्दै बचाए। तर, सौरभले दोस्रो प्रयास गरे पनि सफल हुन सकेनन्।
लगत्तै उत्सव राईले प्रहार गरेको बललाई ईश्वरले सजिलै समाते। त्यसपछि दुवै टोलीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
