फुटबल समर्थकले सामान्य प्यारापिटमा एन्फाको विरोधमा प्रदर्शन गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।
काठमाडौँ- एएफसी यू–२३ एसिया कप छनोटमा नेपाली टिम सहभागी नगराउने निर्णयपछि समर्थकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्व प्रदर्शन गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक 'ए' डिभिजन लिगको खेल हेर्न उपस्थिति समर्थकहरूले एन्फाविरूद्व प्रदर्शन गरेका हुन्। उनीहरूले मछिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबबीचको खेल चलिरहँदा 'प्लाकार्ड'सहित प्रदर्शन गरे।
अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि हुने छनोट प्रतियोगिता खेल्ने ४२ देशको नाम दक्षिण एशियाली फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको थियो। उक्त सूचीमा नेपालको नाम छैन। एएफसीले बिहीबार समूह विभाजन गर्दै छ। नेपालले दुई वर्षअघि उज्वकिस्तानमा भएको छनोट भने खेलेको थियो।

यस विषयमा जिज्ञासा राख्दा एन्फा महासचिव किरण राई र प्रवक्ता सुरेश शाहले छनोट खेल्न जान १ करोडभन्दा बढी खर्च हुने र एन्फासँग बजेट नभएको बताएका थिए। एन्फा अहिले आर्थिक संकटमा रहेको कारण छनोट खेल्नका लागि नाम दर्ता नगरेको उनीहरूले जानकारी दिएका थिए।
उक्त निर्णयको सोमबारदेखि नै सामाजिक सञ्जालमा विरोध भइरहेको थियो। महासचिव राईलाई मासिक १ लाख २० हजार, प्रवक्ता शाहलाई ६५ हजार र वरिष्ठ उपाध्यक्षलाई ९९ हजार तलब खुवाउन सक्ने, तर खेलाडीलाई खेल्न पठाउन नसक्ने भन्दै समर्थकहरूले रंगशालामा एन्फाको विरोध गरेका थिए।

बुधबार दशरथ रंगशालामा खेलाडी 'सधैँ सास्तीमा, पदाधिकारी मस्तीमा', 'गुटगत राजनीति गर्ने भए दलमा जा, फुटबलको माया भए एन्फामा आ', जस्ता प्ला कार्ड लिएर समर्थकहरूले एन्फाको विरोध गरेका थिए। सामान्य: प्यारापिटमा समर्थकहरूले एन्फाको विरोध गरिरहँदा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई भने भीभीआईपी प्यारापिटबाट खेल हेरिरहेका थिए।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
