जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकाल्दै चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ। जसले मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ।
त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ।” जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ। विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचल्ने निर्णय गर्दा सरकारलाई महँगो परेको पनि केसीले स्मरण गराएका छन्।
“त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो। विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो। तर त्यो सरकारलाई कति महँगो भयो? प्रस्ट छ,” केसीले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
