संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्।
काठमाडौँ– सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले संसद्मा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि प्रमुख सचेतक पाण्डेले जवाफ दिएका हुन्।
संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले यस्ता विषयवस्तु उठाउनु नहुने उनको भनाइ छ। सार्वभौम संसद्मा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने पाण्डेको भनाइ छ।
“यो सार्वभौम संसद् हो, सार्वभौम संसद्मा बोल्न, विषयवस्तु राख्न पाइन्छ। यसलाई व्यवस्थित रुपमा लगियोस्। यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरूलाई छानबिन गर्नुपर्छ,” उनले भने।
उठेर विरोध गरिरहेका एमाले सांसद्हरूले त्यसपछि सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
