घरेलु हिंसा, बलात्कारजस्ता अपराध बढिरहेकाले महिलाहरू चुप लागेर बस्ने अवस्था नरहेको उपसभामुख रानाको भनाइ छ।
काठमाडौँ– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै महिलालाई निस्शुल्क स्यानिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको सहज उपल्धताका लागि छुट्टै योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन्।
महिला सांसदका लागि संघीय संसद् भवनमै स्यानेटरी प्याडको व्यवस्था गर्न पहल गर्ने उनको भनाइ छ।
“महिला दिदीबहिनीलाई, छोरीहरूलाई सुरक्षित राख्नु पर्छ भन्ने प्रोग्राम हाम्रो योजनाभित्र, बजेटभित्र आउनुपर्यो,” उनले भनिन्, “हरेक स्कुलमा स्यानिटरी प्याड, जसले वातावरणलाई असर गर्दैन। त्यस्तो प्याडको व्यवस्था गर्नुपर्यो।”
घरेलु हिंसा, बलात्कारजस्ता अपराध बढिरहेकाले महिलाहरू चुप लागेर बस्ने अवस्था नरहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
