म्याग्दीमा गतवर्ष ११ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३७ हजार ८१७ टन मकै उत्पादन भएको थियो।
गलेश्वर– समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि चिन्तामा छन्।
मकैको उत्पादन घट्ने चिन्ताले किसानलाई पिरोलेको छ। जिल्लाको पश्चिमी, उत्तरी तथा कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रमा लगाइएको मकैमा रोग तथा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।
यसका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएको बाबियाचौरका किसान मणिलाल कँडेलले बताए। ११ हजार हेक्टरमा गरिएको खेतीबाट वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ। करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत स्थानमा जाने गरेको केन्द्रले जनाएको छ।
“म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किरोको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशंका छ,” कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने।
एक हजार ६०० मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ। रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर बढी मकै उत्पादन हुने क्षेत्र हुन्।
कृषकले समयमै मल र बीउ प्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कँदै जाँदा रोग किरोको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ।
म्याग्दीमा मकै माघ–फागुनमा लगाई असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ। हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
