तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा नै संसद्को दुवै सदनले पारित गरेको थियो। २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो।
विधेयकमा चित्त नबुझेको भन्दै उनले संसद्लाई फिर्ता पठाएकी थिइन्। दोस्रो पटकसमेत विधेयक हुबहु पारित गरेर भदौ २० मा प्रमाणीकरणका लागि पठाइएको थियो। त्यसपछि उक्त विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।
पछिल्लो समय सरकारले जेठ १२ मा राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरण गर्न अनुरोध गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
