युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको भन्दै पूर्वी युरोपका मुलुकहरूले गुनासो गरेपछि ईयूले प्रतिबन्ध लम्ब्याउन भनेको छ।
युरोपेली संघ (ईयू)ले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएको छ।
युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपका देशहरूले गुनासो गरेपछि युरोपेली ईयूले प्रतिबन्ध लम्ब्याउन भनेको हो। यसअघि ईयूले बुल्गेरिया, हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियासँग युक्रेनबाट खाद्यान्न आयातमा रोक लगाउने सम्झौता गरेको थियो।
युरोपेली कृषि आयुक्त जानुस्ज वोज्सीचोव्स्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले अक्टोबर वा वर्षको अन्त्यसम्म प्रतिबन्ध लम्ब्याउन आवश्यक छ। युक्रेनमा भन्दा अन्य अग्रपङ्तीका देशको भण्डारणमा अधिक खाद्यान्न छ र यही कारण यी देशमा स्थिति सुधारका लागि अस्थायी आयात प्रतिबन्धलाई लम्ब्याउनुपर्छ।”
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो युद्धग्रस्त देशमाथिको निर्यात प्रतिबन्ध अस्वीकार गर्दै आएको एएफपीले जनाएको छ। यता, फ्रान्स र जर्मनीसहित १२ ईयू देशले भने प्रतिबन्धको विरोध गरेका छन्। यसले युरोपको एकल बजारलाई कमजोर पार्ने खतरा रहेको उनीहरूको चेतावनी छ।
गत वर्ष शुरू भएको रुसको आक्रमणपछि काला सागर हुँदै युक्रेनी अन्नको परम्परागत निर्यात मार्ग बन्द भएको थियो। सदस्य राष्ट्रहरू मात्रात्मक प्रतिबन्ध बिना, र भन्सार र आधिकारिक निरीक्षण बिना युक्रेनबाट निश्चित उत्पादनको आयातलाई अनुमति दिन सहमत भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
