मैले र नेपालका प्रधानमन्त्रीले द्विपक्षीय सहकार्यलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय गरेका छौँः मोदी
पत्रकार सम्मेलनमा मोदीले सन् २०१४ मा आफूले पहिलोपटक प्रधानमन्त्री बनेको तीन महिनामै नेपाल भ्रमण गरेको स्मरण गर्दै त्यसबेला नेपाल–भारत सम्बन्धका लागि आफूले भनेका कुरा चरितार्थ भएको बताए।
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा आफूहरुले नेपाल र भारतबीचको सहकार्यलाई ‘सुपरहिट’ बनाउन महत्वपूर्ण निर्णय गरेको बताएका छन्।
बिहीबार प्रधानमन्त्री दाहालसँग भएको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन्। उनले सन् २०१४ मा आफूले पहिलोपटक प्रधानमन्त्री बनेको तीन महिनामै नेपाल भ्रमण गरेको स्मरण गर्दै त्यसबेला नेपाल–भारत सम्बन्धका लागि आफूले भनेका कुरा अहिले चरितार्थ भएको बताए।
“त्यसबेला मैले नेपाल–भारत सम्बन्धका लागि कनेक्टिभिटीमा जे गर्नुपर्छ भनेको थिएँ, नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा अहिले त्यही निर्णय र सम्झौता हुँदा मलाई खुसी लागेको छ,” मोदीले भने, “हामीले सहकार्यलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय गरेका छौँ।”
उनले यसपालि पारवहन सम्झौता गरेको, नेपालमा रेलमार्ग र नयाँ रेललिंक विस्तारका लागि भारतभित्रसमेत पहुँच दिने, नेपाली रेल्वेका कर्मचारीलाई भारतीय रेल्वेमा प्रशिक्षण दिने निर्णय समेत गरेको उल्लेख गरे। सुदूरपश्चिमबाट कनेक्टिभिटीलाई बढावा दिन महाकालीमा थप दुईवटा पुल निर्माण गर्ने निर्णय भएको मोदीले उल्लेख गरे।
नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य भारतले राखेको उल्लेख गर्दै उनले भने, “यो भ्रमणमा भएका सम्झौताबाट त्यसमा बल मिलेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
