वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे।
काठमाडौँ– एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटीले सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटी इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको छ।
गएराति वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे। युनाइटेडका ब्रुनो फर्नान्डेसले १ गोल फर्काए। खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता लिएको थियो।
३३औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
५१औँ मिनेटमा गुन्डोगानले दोस्रो गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए। उनले दुवै गोल केभिन डि ब्रुएनाको असिस्टमा गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा सिटी च्याम्पियन बन्यो।
यस उपाधिसँगै सिटी यो सिजन ट्रेबल उपाधिनजिक पुगेको छ। सिटीले ११ जुनमा च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलानसँग खेल्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
