फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्यान्ड भ्रमणमा

न्युजिल्यान्डमा रहँदा प्रधानमन्त्री रबुकाले अकल्यान्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठक, राष्ट्रिय युद्ध स्मारक र ‘प्यासिफिक वार मेमोरियल’को भ्रमण गर्नेछन्।

फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि न्युजिल्यान्डको भ्रमणमा निस्किएका छन्।

उनी आफ्नो पहिलो औपचारिक भ्रमणका लागि न्युजिल्यान्ड पुगेको सिन्ह्वाले जनाएको छ।

“प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो। अहिले हामी उहाँलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौँ,” न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भने।

न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीन रूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएका छन्।

न्युजिल्यान्डमा रहँदा रबुकाले अकल्यान्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठक, राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको भ्रमण गर्नेछन्।