लक्ष्यअनुसारको टेन्डर नपरेपछि एन्फाले भारतीय कम्पनीको प्रस्ताव अस्वीकार गर्यो। त्यसपछि कुनै पनि संघसंस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेका थिएनन्।
काठमाडौँ– फागुन १९ गतेबाट शुरू भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्त्यसम्मुख छ। एक खेल बाँकी रहँदा उपाधि नवप्रवेशी क्लब चर्च ब्वाइजले जितिसकेको छ। तर, लिगका केही महत्त्वपूर्ण खेल बाँकी नै छन्। रेलिगेसन ब्याटल यथावत् छ।
लिगको २५औँ चरणअन्तर्गत मंगलबार मनाङ मर्स्याङ्दी र न्यूरोड टिम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र, संकटा क्लब र फ्रेन्ड्सबीच खेल हुँदै छन्। त्यसपछि दुई दिनको विश्राम हुने छ र लिगको अन्तिम चरण शुरू हुने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्समा १८२ खेल सक्किँदा लिग मुख्य प्रायोजकविहीन रह्यो। मैदानको प्रवेशद्वारमा १४ सहभागी क्लबका लोगो सम्मिलित पोस्टरबाहेक प्रतियोगिताको मुख्य प्रायोजकको प्रचार नै थिएन। प्रचारका लागि मैदानमा राखिने केही रनिङ बोर्डबाहेक प्यारापिटमा विज्ञापन नै भएन।
पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले त फुटबल सुन भएको, तर अखिल नेपाल फुटबल संघ (एन्फा) बेच्नै नसकेको भन्दै लगातार आलोचनासमेत गरे। चर्को आलोचना झेलिरहेको एन्फाले अन्तत: मुख्य प्रायोजक पाएको छ। “निरन्तरको वार्तापछि हामीले कतार एयरवेजबाट मुख्य प्रायोजक प्राप्त गर्न सफल भएका छौँ,” एन्फा प्रवक्ता सुरेश शाहले उकालोसँग भने।
यसअघि शेर्पाले चारवर्षे कार्यकाल हाँकी रहँदा तीनपटक ‘ए’ डिभिजन लिग आयोजना गरे। २०७५ सालको लिग विनारेलिगेसन आयोजना भयो। उक्त लिगको मुख्य प्रायोजक बजाज पल्सर थियो। ०७७/०७८ मा उनले लिगमा कतार एयरवेजलाई भित्र्याए। त्यसपछिको एक वर्ष कोरोना महामारीको कारण लिग हुन सकेन।
गत असारमा सम्पन्न निर्वाचनमा शेर्पा तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग पराजित भए। पहिलाकै रिसइबीका कारण कतारले अनुदानमा पठाएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग नयाँ नेतृत्वले सहकार्य गर्न पनि चाहेन। चारवर्षे कार्यकाल बाँकी रहँदा नै अल्मुताइरीले मेलमार्फत् राजीनामा पठाए। त्यसयता कतारसँग एन्फाको सम्बन्ध पनि बिग्रन पुगेको एन्फास्रोत बताउँछ।
नेम्वाङ अध्यक्ष भएयता एन्फाले पहिलोपटक लिग आयोजना गरेको हो। पाँच महिना चल्ने भनिएको डबल राउन्ड रोबिनमा सम्पन्न गर्न १२ करोड खर्च हुने एन्फाको अनुमान छ। फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीबाट अनुदान नपाएपछि आर्थिक दबाब झेलिरहेको एन्फाले लिगबाट मनग्य आम्दानी गर्ने लक्ष्य बनाएको थियो।
प्रवक्ता शाहका अनुसार एन्फाले मुख्य प्रायोजकका लागि २ करोडको टेन्डर आह्वान गरिएको थियो। भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस्ले एक करोड ५० लाखमा प्रस्ताव राखेको थियो।
तर, आफ्नो लक्ष्यअनुसारको टेन्डर नपरेपछि एन्फाले उक्त प्रस्ताव अस्वीकार गर्यो। त्यसपछि कुनै पनि संघ संस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेनन्। तर, कतार एयरवेजसँगको निरन्तर वार्ताले आफूहरूले लिगको अन्त्यमै भए पनि मुख्य प्रायोजक भित्र्याउन सफल भएको प्रवक्ता शाह बताउँछन्।
"लगातार एन्फाको प्रयासपछि यो संस्करण लागि ५० हजार डलर मुख्य प्रायोजकको रूपमा कतार एयरवेजले सम्झौता गर्ने भएको छ। अर्को संस्करणको लागि एयरवेजले एक करोड ५० लाख दिने छ," उनले भने। विगतमा कतार एयरवेजले एन्फालाई एक लाख ५० हजार डलरको प्रायोजन गरेका थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
