कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण विभिन्न कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई स्पष्टीकरण सोधिएको हो।
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ।
कार्यसम्पादन चित्तबुझ्दो नभएका कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ। विभिन्न कार्यालयहरूले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो।
स्पष्टीकरण माग गरिएका कम्पनीहरूमा नयाँ निर्माण सेवा चितवन, नव निर्माण विल्डर्स जनकपुर, आर्भन कन्स्ट्रक्सन चितवन, ब्लुवर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन भक्तपुर, इपिक कम्प्युटर्स ट्रेडर्सलगायत रहेका छन्।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम स्पष्टीकरण सोधिएको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
