७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेको निर्णय गरेपछि राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमालेमा फर्कन तयार रहेको प्रतिक्रिया दिएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा फर्कन तयार भएका छन्।
पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेपछि उनले बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन्। तर, त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त छ।
“यही (उमेरहद) निलम्बनकै अवस्थामा म जान सक्छु। तर मेरोचाहिँ प्रस्ताव के हो भने त्यो हट्नपर्छ भन्ने हो। किनकि त्यो मानवताविरोधी छ। नेपालको संविधानको विरुद्धमा छ। र, यो उमेरहद भनेको शारीरिक अवस्था हो। शारीरिक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो। विभेद भनेको अपराधजन्य, कानूनविरोधी र गैरकानूनी काम हो,” उनले भने, “उहाँ (ओली)ले आउनुस् भन्नु पर्छ।”
विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ। उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे। एमाले आफूले निर्माण गरेको पार्टी भएको भन्दै गौतमले त्यसको माया लाग्ने बताए।
उनले आफ्नो पार्टी सदस्यता एमालेमै रहेको बताउँदै उनले केही दिनभित्र पार्टी सदस्यता नवीकरण गर्नेसमेत बताए। गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको स्पष्ट पारे। “वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन। महासचिव हुन जाने होइन। पार्टीमा योगदान दिन जाने हो,” उनले भने।
यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए। बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेरहद हटाउने हो भने वामदेव गौतमले एमालेमा आउने कुरा गर्नु भयो नि भनी प्रश्न गरेका थिए। ओलीले अब थप केही कुरा छ र? भन्ने प्रतिप्रश्न गरे। उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए।
“उहाँले सदस्यता ती छ भन्नु भयो होइन। अनि, कुरा बाँकी छ केही छ थप कुरा? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो। एकता अभियान चलाउनु भयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नु भएको छ। त्यो ठीक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
