इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।
उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले गर्ने भएको छ।
एउटा मालबाहक र दुईवटा यात्रुवाहक रेल एकै पटक दुर्घटना हुँदा २७८ जनाको ज्यान गएको थियो। एक हजार १०० जना घाइतेको उपचार भइरहेको एएनआईले जनाएको छ। सरकारले ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म १६ करोड क्षतिपूर्ति दिएको छ।
परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्यकुमार चौधरीले बताएका छन्।
यसैबीच पश्चिम बंगाललकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएकी छन्। करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन।
इलेक्ट्रोनिक इन्टरलकिङ प्रणालीमा भएको परिवर्तनका कारण भयानक रेल दुर्घटना भएको भारतको रेलवे विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
