राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।
इरानले रुसको राजधानी मस्कोको पूर्वमा ड्रोन उत्पादन प्लान्ट निर्माणका लागि सामग्री उपलब्ध गराइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको ह्वाइट हाउसले शुक्रबार जनाएको छ। युक्रेनमा भइरहेको आक्रमणका लागि निरन्तर हतियार आपूर्ति गर्न खोजिरहेको रुसलाई इरानले सघाइरहेको अमेरिकाले जनाएको हो।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए। ह्वाइट हाउसले अप्रिलमा लिइएको मस्कोबाट केही सय माइल पूर्वमा रहेको औद्योगिक स्थानको स्याटेलाइट तस्वीरहरू पनि सार्वजनिक गरेको छ। सार्वजनिक तस्वीरहरू विश्लेषण गर्दा प्लान्ट ‘निर्माणको सम्भावना रहेको’ विश्वास गर्न सकिने उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले गत डिसेम्बरमा सार्वजनिक रूपमा तेहरान र मस्कोले युक्रेन युद्धका लागि रुसमा ‘ड्रोन एसेम्ब्ली लाइन’ निर्माण गर्नेबारे विचार गरिरहेको बताएको थियो। ह्वाइट हाउसका अनुसार मे महिनासम्म रुसले एकतर्फ रूपमा इरानबाट सयौँ ड्रोनका साथै ड्रोन उत्पादनसँग सम्बन्धित उपकरणहरू प्राप्त गरेको थियो।
किर्बीले भने, “यो पूर्णस्तरको रक्षा साझेदारी हो जुन युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि जोखिमपूर्ण छ। उसका गतिविधिहरूको पर्दाफास गर्न र अवरोध सिर्जना गर्न हामीसँग भएका सबै उपकरणहरू प्रयोगलाई जारी राख्छौँ।”
बाइडन प्रशासनले इरानले रुसीलाई कसरी सहयोग गरिरहेको छ भन्नेबारे गरिएका गुप्तचर अनुसन्धानलाई बेलाबेलामा सार्वजनिक गर्दै आएको छ। त्यस्तै, ह्वाइट हाउसले गत महिना तेहरानबाट खरिद गरेका ४०० ड्रोनमध्ये अधिकांश प्रयोग गरेर रुसले इरानबाट थप अत्याधुनिक ड्रोन खरिद गर्न चाहेको बताएको थियो। ह्वाइट हाउसले इरानमा पनि रुसबाट हतियार आउने गरेको उल्लेख गरेको छ।
ह्वाइट हाउसका अनुसार इरानले रुससँग हेलिकप्टर, राडार र याक–१३० कम्ब्याट ट्रेनर एयरक्राफ्टलगायत थप सैन्य उपकरण खरिद गर्न चाहेको छ। गत अप्रिलमा इरानले रुससँग सुखोई–३५ लडाकु विमान खरिद गर्ने सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
